धरान : भोजपुरकी एक किशोरीलाई गर्भवती बनाएर फरार भएका दुर्गाबहादुर श्रेष्ठ धरानबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको आग्रहरमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको श्रोतले बताएको छ ।
भोेजपुरको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया किशोरीको दुर्गाबहादुर श्रेष्ठसँगको अवैध यौन सम्बन्धबाट गर्भ बसेपछि घटना बाहिर आएको हो ।तर प्रहरीले भने यसको पुष्टि गरेको छैन । धरान प्रहरी श्रोतका अनुसार पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भोजपुरलाई बुझाउने तयारी भईरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले यस बिषयमा तत्काल केही भन्न नसक्ने बताए ।
पीडित बालिकाकी माइजू निम घलेले बताएअनुसार बालिकाको पेटमा गर्भ रहेको रहस्य थाहा पाएपछि गाउँले बसेर बालिकालाई दुर्गाबहादुरको जिम्मा लगाएका थिए ।
गाउलेले दुर्गाबहादृुरलाई जिम्मा लाएर गाउबाट निकाला गरेपछि उनीहरु धरान आएका थिए । किशोरीलाई धरान लिएर आएका दुर्गाबहादुर एक्कासी बेपत्ता भएपछि घटनाको रहस्य सार्बजनिक भएको थियो ।