इलाममा बाल अधिकार सम्बन्धी तालिम

नयाँ बुलन्द

इलाम : बाल अधिकार, बाल योजन तर्जुमा र बालमैत्री स्थानीय शासन सम्बन्धी तिन दिवसीय आवसीय तालिम इलाममा सुरु भएको छ ।

जिल्ला बाल सञ्जालको पहलमा जिल्ला समन्वय समिति इलामको आयोजनामा भएको तालिममा जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र गाउँ बाल सञ्जालका गरी ३८ जनाको सहभागिता रहेको छ ।

तालिममा  बालअधिकारको अवधारणा र बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार र हानीहरु, बालबालिकाको सर्वोत्तम हित, बालबालिकाको क्षेत्रमा विनियोजित बजेट, त्यसको उद्देश्य र कार्यान्वयन प्रकृया, बालबालिकाका लागि लगानी, बाल योजना तर्जुमा, बाल सहभागिता र बाल भेला, बाल क्बल, बाल सञ्जाल र उसको क्रियाकलाप÷बाल भित्ते पत्रिका, बालमैत्री स्थानीय शासन समितिको काम, कर्तव्य र अधिकार तथा बालक्लव र स्थानीय तहबीचको अन्र्तसम्बन्ध, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय शासनका सूचकहरु र बालक्लब सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७३ लगायतको विषयमा छलफल भइरहेको छ ।

तालिमका सहभागीहरुलाई जिल्ला समन्वय समिति इलामका सामाजिक विकास अधिकृत रामकुमार लिम्बू (योङहाङ), कार्यक्रम अधिकृत दिनेश पौड्याल, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्यागका कार्यकारी निर्देशक प्रकाश अपधकारी, मानव अधिकार मञ्च नेपाल इलामका बाल अधिकार तथा शान्ति शिक्षा परियोजना संयोजक रुद्र थेवे, कान्तिपुर दैनिकका पत्रकार विप्लव भट्टराई लगायतले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रम शनिबारसम्म सञ्चालन हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत योङहाङले जानकारी दिए । उनका अनुसार आइतबार जिल्ला बाल सञ्जाल अध्यावधिक कार्यक्रम रहेको छ । साथै सोमबारदेखि तीन दिन बाल अवलोकन भ्रमणको कार्यक्रम रहेका जनाइएको छ ।

नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवल नगरपालिकासम्मको बाल भ्रमण रहने जनाईएको छ । अवलोकनको माध्यमबाट सिकाइ आदानप्रदान हुने र जिल्लामा बालमैत्री स्थानीय शासन अवलम्बन गर्न सहयोग पुग्ने आशाका साथ कार्यक्रम तय गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार