नयाँ बुलन्द
ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका मनबहादुर पतङ्वा लिम्बु झण्डै ६ घन्टापछि छुटेका छन् ।
फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बुलाई नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए । नेकपाका कार्यकर्ताले उनलाई घरबाटै उठाएर लगेका थिए ।
स्थानीयका अनुसार मनकुमारका काका नेकपाका नेता हुन् । काका बहिस्कार गर्ने, भजित चुनावमा उठेर हुन्छ ? भन्दै उनलाई अपहरण गरेका थिए । उम्मेदवार नबन्ने शर्तमा नेकपाका कार्यकर्ताले मनकुमारलाई रिहा गरेका छन् ।
अपहरणकारी समूहले घरमाथिको जंगलमा लगेर राखेको र उम्मेदवार नबन्ने शर्तमा छाडेको उनले टेलिफोनमार्फत जानकारी दिएका छन् ।