नयाँ बुलन्द
फाकफोकथुम : इलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को आयोजमा खाम्बाङ्गको सामुदायिक भवनमा पूर्ण सरसफाइ परिचयपत्र वितरण गरिएको छ ।
वडा नम्बर १ का सचिव कुमार राईको अध्यक्षतामा सर्वदलीय बैठकबसि उक्त परिचयपत्र वितरण गरिएको हो । फनबोर्डको आर्थिक सहयोग र सुनगाभा विकास संस्थाको आयोजना ती वडाका वडाका घरधुरीलाई सरसफाई मापदण्ड बमोजिम छनौट गरि सहजकर्ता सरिता आचार्यले परिचयपत्र प्रदान गरेका हुन् ।
खुला दिसामुक्त अभियानपछि अहिले इलाममा पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ । सरसफाई मापदण्ड अनुसार कार्य नगरे परिचयपत्र उपलब्ध नहुने साथै त्यस घर परिवारले कुनै पनि सरकारी सेवा सुविधा नपाउने समेत बताइएको छ ।