इलाममा सामुदायिक कार्ययोजना तालिम

विमल दाहाल

इलाम : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्ड काठमाडौं र इआरएमसी काठमाडौंको आर्थिक सहयोग र सुनगाभा विकास संस्था इलामको सहजीकरणमा सामुदायिक कार्ययोजना निर्माण सम्बन्धि सात दिने तालिम इलाममा सुरु भएको छ ।

इलाम जिल्लामा सुनगाभा विकास संस्था इलामको सहजीकरणमा आठ आयोजनाका १६ जना र हुसाडेक धनकुटाको आयोजनामा पाँचथर जिल्लाका पाँच आयोजनाका १० जना सरसफाई उत्प्रेरक र सरसफाई प्राविधिक गरि २६ जनाको सहभागिता रहेको कार्यक्रममा सामुदायिक कार्ययोजना निर्माणका चरणहरु, खुल्ला दिसामुक्त तथा पुर्ण सरसफाईका चरण तथा प्रक्रिया, संचार, लगायतका विषयमा सहजीकरण गरिनेछ ।

कार्यक्रमको सहजीकरण सुनगाभा विकास संस्था इन्जीनियर मधुसुधन श्रेष्ठ, संस्थाका टिम लिडर कृष्णकुमारी बानिया, वास अफिसर कुमार श्रेष्ठ, दिपेन्द्र खनाल, सहजकर्ता राम रिमाल लगायतले सहजीकरण गर्ने संस्थाका सचिव कृष्ण श्रेष्ठले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रम संस्थाका सल्लहाकार कृष्णप्रसाद श्रेष्ठको प्रमुख आथित्यता तथा अध्यक्ष धर्मप्रसाद दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार