किरात याक्थुङ चुम्लुङ उर्लाबारीको अधिवेशन सम्पन्न

नयाँ बुलन्द

उर्लाबारी : किरात याक्थुङ चुम्लुङ नगर शाखा उर्लाबारीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा रूपेन्द्र शेर्मा निर्बिरोध निर्बा्चित गरेको छ ।

शाखाका उपाध्यक्षमा पूर्ण सिङ्गक लिम्बु, सचिवमा बानु सुब्बा, सहसचिवमा दुर्गावती लिम्बु र कोषाध्यक्षमा जानुका फागो छन् । अनिल फागो, नेत्ती फुङ्मा फागो, अञ्जु सम्बाहाम्फे, लोलिम पोमु, भरत हाङ्स्रुङ र रामकुमारी आङबुहाङ निर्बिरोध निर्बा्चित भएका छन् ।

१७ सदस्यीय रहने उक्त शाखाका अन्य सदस्य बैठकले निर्णय गरी चयन गरिने नवनिर्बा्चित अध्यक्ष शेर्माले जानकारी दिए । शाखाको पहिलो शत्रमा विमला पालुङ्वा हाङ्गामलाई सम्मान गरेको छ । उनी शाखाकी पूर्व उपाध्यक्ष हुन् । उनलाई कियाचु जिल्ला उपाध्यक्ष विवेक लिम्बुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैबीच शाखाका नवनिर्बा्चित अध्यक्ष शेर्माको अध्यक्षतामा शनिबारै बसेको पहिलो बैठकले किरात याक्थुङ चुम्लुङको अनलाइन पेज सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले आइतबार पुरानो कार्य समिति र नयाँ कार्य समिति बीच सयुक्त बैठक बस्ने र पूरानो कार्य समितिलाई धन्यवाद दिने निर्णय गरिएको उपाध्यक्ष सिङ्गकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार