प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्।

सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेकाे समाचार नागरिक दैनिकमा छ।

ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको नेकपाका नेता एवं सांसद महेश बस्नेतले जानकारी दिए। ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, ओलीनिकट बस्नेतले भने।

दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै बस्नेतले थपे, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ र सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ। प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार