नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरु आएका छन् ।

प्रदेश १

इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काˆले
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः नारायण दाहाल
सहइन्चार्जः हितबहादुर तामाङ
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी

onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार