माइजोगमाईमा चिया प्रशोधन कारखाना उद्घाटन

 नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाका १ नयाँबजार स्थित सिद्धपोखरी चिया उत्पादक सहकारी संस्थाद्वारा निर्माण गरिएको चिया प्रशोधन कारखाना उद्घाटन गरिएको छ।
कूल १ करोड ९६ लाखको लागतमा निर्माण गरिएको कारखाना बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कूल १ करोड ९६ लाखको लागतमा निर्माण गरिएको कारखानामा उन्नति परियोजना अन्तर्गत ३६ लाख , माइजोगमाई गाउँपालिकाको १० लाख सहयोग तथा शेयर सदस्यको १ करोड ५० लाख लागतमा कारखाना निर्माण गरिएको कारखानाको दैनिक ४ हजार केजी चिया प्रशोधन गर्ने क्षमता रहेको सहकारीका अध्यक्ष छिरिङ मोक्तानले बताए। गाउँपालिकालाई बिषादी मुक्त बनाउने , चियाको गुणस्तर बृद्धी गरि सहकारीको माध्यमबाट उद्योग खोल्ने कामलाई गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष जीत बहादुर राइले बताए ।
साथै सिद्धपोखरीको यो कारखाना सहकारी मार्फत संचालन भएको गाउँपालिकाको पहिलो कारखाना भएको अध्यक्ष राइका निजी सचिब सञ्जिव थामीले बताए । गाउँमै चिया प्रशोधन कारखाना स्थापना हुँदा चिया बिक्री गर्न र रोजगारीको अवसर समेत पाइने भएको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन ।
सहकारी संस्थाका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षता, माईजाेगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सावित्रा भट्टराई र प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतको‌ विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा संस्थाका शेयर सदस्य, सरोकारवाला,बुद्धीजी, संञ्चारकर्मी लगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार