स्वदेशी बजारमा भारुमा मात्र कारोबार

पशुपतिनगर  : इटहरीका इक्वल अहमद मंगलबार सुर्योदय नगरपालिकाको नेपाल भारत सिमावर्ती बजार पशुपतिनगर पुगे । उनलाई पशुपतिनगरको चिनो ज्याकेट किन्नु थियो । एक पसलमा पुगेर ज्याकेट खरिद गरे । व्यपारीर सात सय रुपयाँ मुल्य बताए । उनले मुल्य भुत्तानी गर्नलाग्दा व्यपारीले भने “यो त भारुमा हो ।”

इक्वल पहिलो पात्र हैनन् । भारतीय व्यपारीहरु आउने पशुपतिनगरमा धैरैले यसरीनै झुक्किनु पर्ने गरेको छ ।
पशुपतिनगरमा भारतका व्यपारी आउने गरेका छन् । स्थानीय मिलन क्षेत्रकिा अनुसार यो बजार भारतीय व्यपारीको भरमा चलेको छ । दार्जिलिङले पशुपतिनगरलाई पर्यटकीय प्वइन्टका रुपमा सुचीकृत गरेकाले पर्यटकलाई एक घण्टाका लागि त्यहाँका घुम्न अवसर दिने गरेको छ । उनले भने “त्यही समयमा उनीहरु हतारमा सामान खरिद गर्न आउँछन् ।”
क्षेत्रीका अनुसार हतारमा खरिद गर्न आउने व्यपारीका लागि भारुमै कारोबार गर्न बाध्य भएको उनले बताए । भारतीय व्यपारीलाई लक्ष गरेर चलाएको कारोबारमा नेपाली पर्यटकहरु पनि पर्ने गरेको झापाकी रोजिना गौतमले बताइन् । उनले हरेक कुरा भारुमा कारोबार गर्ने गरेको पाएको बताइन् ।

उद्योग बाणिज्य संघ सुर्योदय नगरपालिकाका अध्यक्ष प्रमोद राईले पशुपतिनगरमा सटही काउन्टर नभएकाले भारु साटेर कारोबार गर्न नसकेको उनले बताए । उनले सटही काउन्टर स्थापना नभएकाले नचाहेर पनि भारुमा कारोबार गर्नु परिरहेको बताए ।

पशुपतीनगरमा चीन सहितको विभिन्न देशका सामग्रीहरु पाउने बजारको रुपमा परिचित छ । यहाँ लत्ता कपडा, घरायसी प्रयोगका सामानहरु आदि खरिदका लागि पर्यटकहरु पुग्ने गरेका छन् । त्यहाँ काठमाण्डौबाट सामग्री ल्याएर विक्री गर्ने गरेका छन् । धेरै चीनका सामग्रीको कारोबार हुने गरेको छ । भारतीयहरु अन्यदेशको सामान गरिद गर्नका लागि दश बजे देखि दुई बजे सम्म भारतबाट आउने गरेको सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए । उनले भारतीय कारोबारको समस्या समाधान गर्न सटहि काउन्टरका लागि पहलगर्ने बताए

अध्यक्ष राईले ग्राहकलाई नेपाली र भारुमा नै मुल्य बताउने गरेको बताए । इलामका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिमिल्सीनाले गुनासो आएकाले बैंकहरुसंग बुझेर सटही काउन्टर खोल्न पहलगर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार