काँक्रा र इस्कुसको रहरलाग्दो खेती

इलाम  : तराईका बजार र छिकेकी भारतीय बजारमा काँक्रा र इस्कुसको माग बढेपछि पुर्वी इलामका किसानले व्यवसायीक रुपमा काँक्रा र इस्कुसको रहरलाग्दो खेती गरेका छन् । श्रमको कमि र आम्दानी राम्रो भएपछि किसानको आर्थिक अवस्था काँक्रा र इस्कुस खेतीले बढाएको छ ।


पूर्वी इलामका किसानले व्यवसायीक रुपमा काक्रा र इस्कुस खेतीबाट मनन्य आम्दानी गर्न थालेका छन् । सूर्योदय नगरपालिका र रोङ्ग गाउँपालिका क्षेत्रका किसानले अन्य खेती छोडेर काँक्रा र इस्कुस खेती गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत बढ्दै गएको छ ।


काँक्रा इस्कुस खेती गर्दा कम मेहनतमा राम्रो आम्दानी गर्न सकिने भएकाले यँहाका किसानले खाध्यबाली हुने क्षेत्रमा व्यवसायीक रुपमै काँक्रा खेती गर्न थालेका हुन् । झापा र छिमेकी देश भारतका बजारमा सजिलै पठाउन सकिने भएकाले काँक्रा र इस्कुस खेती शुरु गरेको सूर्योदय नगरपालिका गहिरिगाउँका किसान तथा तरकारी संकलक प्रेम खड्काले बताउनुभयो ।
काँक्रा खेतीबाट मात्रै प्रति परिवारले २ लाख २५ हजार देखि ३ लाख रुपैंयाँसम्म आम्दानी गर्दै आएका छन् । काँक्रा खेतीबाट भएको आम्दानीले झण्डै एक वर्षको लागि खाद्यान्न किनेर केही रकम वचत गर्न सफल भएको सूर्योदय नगरपालिका गहिरिगाउँका किसान प्रदिप पराजुलीले बताउनुभयो ।


भारतको पश्चिम बंगाल स्थित सिलिगुडि तथा दार्जिलिङ्ग र नेपालका बजारमा माग उच्च हुने भएकाले व्यापारीहरु किसानका घरघरमै काँक्रा र इस्कुस खरिदमा आउने गरेका छन् । पूर्वी इलामबाट दैनिक २ सय पिकअप गाडिबाट झापा र भारतका बजारमा इस्कुस र काँक्रा निर्यात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार