श्रीअन्तुमा सडक बत्ती जडान, रातमा पनि डुङ्गा सयर

गोबिन्द पौडेल

अन्तु : इलामको पर्यटकिय स्थान अन्तुमा सडक सौर्य बत्ती जडान भएको छ ।

पहिला सुर्योदय दृश्यावलोकनको लागि आफ्नो पहिचान बनाएर सिजननल रुपमा पर्यटकको घुइचो लाग्ने अन्तुमा अहिले सदाबहार रुपमा पर्यटकहरुको आगमन हुने गरेकोमा पर्यटकहरुको सुबिधा र स्थानिय नागरिक र ब्यबसायिहरुको लागि सडक बत्ती जडानले सहजता र आर्कषण थपेको हो ।

गत बर्ष पर्यटन बोर्डको सहयोगमा ६ बटा अल्टा सोलार इनर्जीको सौर्य बत्ती जडान गरिएकोमा यस बर्ष सडक डिभिजन इलामको सहयोगमा सत्र बटा सौर्य बत्ती जडान गरिदा अन्तु र आसपासको स्थान रातमा पनि झलमल्ल हुने भएको छ ।

पर्यटकहरुको सधै चहल पहल हुने गरेका अन्तुको अन्तुडाडामा तीनवटा , अन्तु पोखरीमा तीनबटा,उत्तरे चोक, छिरुवा , भन्ज्याङ लगायतका स्थामा सडक बत्ती जडान गरिदा रतको समयमा हिनडुल गर्ने पर्यटकहरुलाइ सहज हुने र अन्तु पोखरीमा रातमा पनि डुङ्गा सयर गर्ने सकिने संभावना रहेकोले आफुहरु थप उत्साहित भएको स्थानिय पर्यटन ब्यवसायी रुद्र घिमिरेले बताए ।

गत बर्ष जडान गरिएको सडक बत्तीको एकता क्लबले हेरचाह गरि रहेकोले हालसम्म कुनै समस्या नआएको र यस पाल जडान गरिएको सडक बत्तीको पनि आफुहरुले संरक्षणमा बिशेष ध्यान दिने घिमिरेको भनाइ रहेको छ । अहिले जडान गरिदै गरेको सत्रवटा मध्ये पन्ध्र वटा बत्तीहरु अहिलेसम्म बलीसकेको र अन्य दुइबटा पनि जडान गरिदै गरेकोले भोली सम्म सकिने र जडान कार्यमा बिगत तीन दिनदेखी आफुहरुले अहोरात्र सहयोग गरिरहेको स्थानिय राम घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार