पानी तान्ने मोटरको तारमा छुँदा करेन्ट लागेर ४ वर्षीय राजको मृत्यु

लहान- करेन्ट लागेर  सिरहाको बरियरपट्टी गाउँपालिका–५ कजरामा एक बालकको मृत्यु भएको छ ।मत्यु हुनेमा कजरा निवासी सतेन्द्र मण्डलका ४ वर्षीय छोरा राज रहेको प्रहरीले जनाएको छ ।

स्थानीय महेन्द्र यादवको आँपको बगैँचामा खेल्ने क्रममा पानी तान्ने मोटरको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार