निशुल्क अगरउद बिरुवा बितरण

गोबिन्द पौडेल

रोङ : इलामको रोङमा दुर्लभ र मुल्यवान प्रजातीको बिरुवा अगरउद निशुल्क बितरण गरिएको छ ।

जिल्ला बन कार्यलयको सहयोग र रोङ गाउपालिकाको समायोजनमा रोङ को वडा नं ५ र ६ मा अगरउद यानै नेपाली जनजिब्रोमा अघोरी जातको बिरुवा निशुल्क बितरण गरिएको हो । बहुगुणी , औषधिय गुण साथै अगरबत्ती बनाउन प्रयोग गरिने बास्नादार प्रजातीको यो रुख भुटान र भारतको आसामको रैथाने प्रजाति भएपनि नेपालमा भने यसको खासै प्रचलनमा आएको छैन ।ठूलो रुखहुने यो बिरुवा नेपाल नेपाल सरकारले पनि सुचिकृत गरेको मलिलो रसिलो रपानी नजम्ने स्थानमा फस्टाउने यो बिरुवा इलामका साहयक बन अधिकारी गोपाल भट्टराइको भनाइ रहेको छ ।

महंगो मानिने सो प्रजातीको बिरुमा महंगो रहेको र मुलयवान समेत रहेको भएतापनि जिलला बन कार्यलय इलामले अठार सय खरिद गरि माइ नगरपालिकाको सामुदायिक बनलाइ आठसय ,बसन्त सामुदायिक बनलाइ तीनसय , सुखानी बन सेक्टरबाट सर्वसाधरणलाइ तीनसय र रोङ गाउपालिकाको वडा नं ५लाइ दुइसय र वडा नं ६ लाइ दुइसय पचास बिरुवा बितरण गरिएको हो । यसबिच रोङ ६ ले भने हरेक किसानलाइ एक एक बिरुवा गाउपालिकाको कर्मचारी बन कर्मचारी र जन प्रतिनिधिकरुको रोहवरमा बितरण गरेको थियो ।

हालबृक्षा रोपणको कार्यमा सक्रिय रहेको जिल्ला बव कार्यलय इलामले यसै असार २ मा चुरे संरक्षण दिबस रोङ ४ को सुन्दर सामुदायिकमा बृक्षरोपण गरेर मनाएको थियो भने भोली असार १४ गते चुलाचुलीमाबृक्षारोपण महोत्सव नै गरेर मनाउने कार्यक्रम रहेको इलामका साहयक बन अधिकारी गोपाल भट्टराइले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार