मिलिजुली समूहका सदस्यलाई नेतृत्व विकास

 

चुलाचुली : ईलामको चुलाचुली गाउपालिकामा वित्तीय व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

चुलाचुली गाउँपालिका अन्तरगत महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजना मिलिजुली समुहका पदाधिकारीलाई लक्षित गरी तालिम सन्चालन गरिएको थियो ।

गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित जागृती अपाङ्गा संघ अन्तरगत स्वावलम्बन समूहका पदाधिकारीहरुका लागि बचत तथा ऋण व्यवस्थापन, नेतृत्व र क्षमता विकास सम्बन्धी पाँच दिवसीय तालिम संचालन गरिएको थियो ।

गाउँपालिकामा रहेका करिब ४ सय जना अपाङ्गता भएका व्यक्तिद्वारा सन्चालित मिलिजुली बचत कार्यक्रम अन्तरगतको जम्मा भएको रकम लाई व्यवस्थित गर्दै सहकारीको लेखा प्रणाली विधिद्वारा व्यवस्थापन सम्बन्धी सदस्यलाई तालिम प्रदान गरिएको जागृती अपाङ्ग संघ चुलाचुली अध्यक्ष चन्द्र दंगालले बताए ।

तालिम सन्चालनको अवसर पारेर गाउँपालिकामा रहेका अपाङ्गता भएका विद्यार्थीहरुको अध्ययनलाई थप प्रविधीमैत्री बनाउने उद्देश्यले वडा नम्बर ३ निवासी विवश भट्टराइले एक लाख रुपैया बराबरको ल्यापटप समेत हस्तान्तरण गरे । तालिमको सहजीकरण मदनकुमार बोहोराले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार