इलाम नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा उठेका विषयहरू कुन-कुन सुधार भए? (भिडियोसहित)

  नयाँ बुलन्द
56 Shares

इलाम नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइमा उठेका विषयहरूको सुधार सम्बन्धी प्रतिवेदन

१. पृष्ठभूमि

इलाम नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन विभिन्न समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस क्रममा आ.व. २०८२।८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा  नागरिक तथा सरोकारवालाबाट उठाइएका गुनासो, सुझाव तथा सुधारका विषयहरूलाई सम्बोधन गर्दै कार्यान्वयन गरिएका सुधारका गतिविधिहरू यस प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

२. उद्देश्य

  • सार्वजनिक सुनुवाइमा उठेका समस्याहरूको समाधानको अवस्था प्रस्तुत गर्नु
  • सेवा प्रवाहमा सुधारका प्रयासहरू अभिलेखीकरण गर्नु
  • नागरिकप्रति जवाफदेहिता अभिवृद्धि गर्नु

३. सुधार गरिएका प्रमुख विषयहरू

अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका प्रश्न तथा कार्यालयलाई सुधारका लागि उठान भएका विषयका सन्दर्भमा कार्यालयले गरेको सुधार सम्बन्धी विवरण तालिका

क्र.सं. सुधार गर्नुपर्ने विषयहरु सुधार गरिएका विषयहरु
कर्मचारीले कार्यालय समयलाई ध्यानमा राखी सेवा दिनुपर्ने कर्मचारीलाई समयपालना लाई व्यवस्थित गर्न विद्युतीय हाजीरिलाई सवै निकायमा विस्तार गरि समय समयमा अनुगमन गर्ने गरिएको
खानेपानी महसुल मोबाइलबाट तिर्ने व्यवस्था गर्नुपर्ने डिजिटल भुक्तानी प्रणाली लागू गर्न KHALTI Wallet सँग सम्झौता गरि Testing phase मा रहेको
वडा नं. १० मा गुनासो पेटिका र नागरिक वडापत्र व्यवस्थापन गर्नुपर्ने गुनासो पेटिका तथा नागरिक वडापत्र स्थापना गरिएको
नगरपालिकाले काम विज्ञको परामर्शमा गर्नुपर्ने प्राविधिक तथा विषय विज्ञसँगको समन्वय तथा छलफलबाट जटिल प्रकृतिका कार्यहरुमा राय परामर्श लिने गरिएको
फोहोर बोक्ने गाडी नियमित रुपमा टुँडिखेल गोलाखर्क सञ्चालन हुनुपर्ने फोहोर संकलन गाडी नियमित रूपमा तालिका बनाई सञ्चालनमा ल्याइएको
फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल जोड्ने बाटो कालोपत्रे गर्नुपर्ने बजेट मागका लागि सम्बन्धित निकायहरुमा पत्राचार गरिएको
अनुत्पादक क्षेत्रमा खर्च कम गरी विकासमा लगानी गर्नुपर्ने अनुत्पादक खर्चलाई आगामी वर्षको बजेटमा घटाई विकास निर्माणमा बजेट प्राथमिकता दिइने
खानेपानी समस्या समाधान र तालिका मिलाएर वितरण गर्नुपर्ने तालिका बनाई वितरण गर्न थालिएको, समस्या जानकारी तथा समाधान भएको विषयमा फेसबुक पेज मार्फत जानकारी गराउने गरिएको
अनलाइन सिफारिसमा अनिवार्य उपस्थित हटाउनुपर्ने संघीय सरकारले कार्ययोजनामा यस विषय राखेको हुँदा सोही बमोजिम कार्यान्वयन भएको अवस्थामा इलाम नगरपालिकामा समेत लागू गरिने
१० लागू पदार्थ सेवन न्यूनीकरण गर्नुपर्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको
११ मुख्य सडकमा CCTV जडान गर्नुपर्ने जिरो किलोमिटर देखि टँडिखेल देखि चोक बजार सम्म र बिब्लयाँटेमा समेत CCTV जडान कार्य गरिएको र आगामी वर्षमा पनि निरन्तर अघि बढाइने
१२ बालबालिकाका लागि खेलकुद कार्यक्रम गर्नुपर्ने राष्ट्रपति रनिङ्ग शिल्ड लगायतका खेलकुदका कार्यक्रम संचालन गर्ने गरिएको
१३ पुरानो कार्यशैली परिवर्तन गर्नुपर्ने डिजिटल प्रणाली तथा नयाँ कार्यशैली लागू गरिएको
१४ खानेपानी मिटर दुरुपयोग नियन्त्रण गर्नुपर्ने अनुगमन तथा नियन्त्रण कार्य अघि बढाइएको, कारबाही गर्ने गरिएको
१५ कोल्डस्टोर सञ्चालन गर्नुपर्ने कोल्डस्टोर संचालनको लागि निजी क्षेत्र तथा प्रदेश तहसँग समन्वय गरिए पनि संचालन गर्न प्राविधिक एवं वित्तीय पक्षबाट feasible नरहेकोले संचालनमा ल्याउन नसकिएको
१६ वडा नं. १० मा विद्युत जडानमा सहयोग गर्नुपर्ने विद्युत जडानमा विद्युत पुगेको क्षेत्रमा सहयोग गरिएको तथा तत्काल विद्युत पुग्ने सम्भावना नरहेको स्थानमा सोलार व्याट्रि हस्तान्तरण गरिएको
१७ नगरप्रहरीहरु ट्राफिक व्यवस्थापन र बजार व्यवस्थापनका लागि खटिसनुपर्ने ट्राफिक तथा बजार व्यवस्थापनमा सक्रिय परिचालन गरिएको
१८ मेचीराजमार्ग राजदुवाली खण्डको बाटो सुधारको लागि पहल गर्नुपर्ने पटक पटक सम्बन्धित निकाय, नेपाल सरकार तथा प्रदेश सरकार समक्ष समेत ध्यानाकर्षण गराइएको
१८ महमाई आधारभूत विद्यालयको जग्गा व्यक्तिसँग सट्टापट्टा गर्नुपर्ने सम्झौताको प्रक्रिया कहाँ पुग्यो ? सबै प्रक्रिया पुरा गरि सम्बन्धित निकायमा पठाइएको

४. निष्कर्ष

सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझावहरूलाई इलाम नगरपालिकाले गम्भीरतापूर्वक ग्रहण गर्दै विभिन्न क्षेत्रमा सुधारात्मक कदमहरू चालिएको छ। सेवा प्रवाहमा डिजिटलाइजेशन, पूर्वाधार विकास, सामाजिक सचेतना तथा सुशासन प्रवर्द्धनमा सकारात्मक प्रगति देखिएको छ। आगामी दिनमा बाँकी रहेका विषयहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

(नोट : २०८२/१२/२६ मा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको प्रतिवेदन)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार