
इलाम : राष्ट्रिय वन पैदावर व्यवसायी संघ इलामको नवौं अध्यक्षमा सोनाम छिरिङ काजी निर्वाचित भएका छन् । सोमबार इलाम सदरमुकाममा सम्पन्न महाधिवेशनले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको हो ।
समितिका वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षहरूमा मानबहादुर श्रेष्ठ, ज्ञानबहादुर खत्री र राजन पौडेल निर्वाचित भएका छन् ।
महासचिवमा अरुण बरालले निर्वाचित भएका छन् भने सचिवमा इन्द्र तामाङ र श्रीप्रसाद राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा बिगेस प्रधान, नेत्र बराल, देउकुमार कटुवाल, चन्द्रबहादुर कटुवाल, जितबहादुर गुरुङ, कृत लिम्बू, अलिस खडका, रबि गुरुङ र रेसम राई निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा पुकारराज राई तथा सदस्यहरूमा प्रेमचन्द्र काजी र पूर्ण लामा निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिले व्यवसायीहरूको अधिकार, बजार व्यवस्थापन तथा वनजन्य स्रोतको दिगो उपयोगमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा व्यवसायीहरुको छ ।





















































