इलाम : अविरल वर्षासँगै केही दिनदेखि अवरुद्ध मंगलबारे-नेपालटार सडकखण्ड हल्का सवारी साधनका लागि सुचारू गरिएको छ । देउमाई नगरपालिकाले सडक आवागमन आंशिक रूपमा खुलाइएको जानकारी दिएको हो ।
नगरपालिकाका अनुसार सडक साँघुरो र चिप्लो भएकाले सवारी चालकले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
हाल नगरपालिकाको प्राविधिक टोली र स्थानीय वासिन्दाको सहयोगमा सडक मर्मत तथा पहिरो पन्छाउने कार्य जारी रहेको जनाइएको छ ।
सडक आंशिक रूपमा खुलेसँगै स्थानीय बासिन्दा र व्यापारीहरूले राहत महसुस गरेका छन् ।




















































