
इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाममा डिकेन्द्र इदिङ्गोले अग्रता कायम गरेका छन् । हालसम्म ३५० मतगणना भइसक्दा इदिङ्गोले १२९ मत ल्याएका छन् । उनलाई नुतनदेव दुलालले ८९ मतका साथ पछ्याइरहेका छन् ।
हेर्नुहोस् मत परिणाम :
डिकेन्द्र इदिङ्गो : १२९ मत
नुतनदेव दुलाल : ८९ मत
नरेश श्रेष्ठ : ५२ मत
मनकुमार बुढाथोकी : २३ मत



















































