तेह्रथुम ।
छमेन्छ्यायेम गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढीकरण परीयोजना सम्बन्धी सरोकारवालाहरुसंग समन्वय बैठक तथा अनुमगन कार्यक्रम मंगलबार सम्पन्न भएको । आइपास नेपालको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ तेह्रथुमको सहजिकरणमा संचालित यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यक्रमको समिक्षात्मक अनुगमन तथा बैठक सम्बन्धी कार्यक्रम गरिएकोे हो । गाउँपालिकाका कार्यालयमा सम्पन्न छलफलमा हालसम्म संचालित कार्यक्रमको समिक्षा, आगामी रणनिती र योजनाको बारेमा छलफल गरिएको छ ।कार्यक्रमा मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङले पालिकालाई शुन्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गरीसकेको र आगामि वर्ष यसलाई निरन्तरताको लागि निति तथा कार्यक्रममा समाबेश गर्दै लैजाने प्रतवद्धता जनाउनुभयोे ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका जिल्ला समन्वय समिती तेह्रथुमका प्रमुख शिव प्रसाद ढुंगानाले महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपले गर्दा तेह्रथुम जिल्लालाइ सुन्य असुरक्षित गर्भपतन जिल्ला घोषणाको कार्यक्रम स्थगीत भएको र परिस्थीती सहज भएपछि घोषणाको लागि पहल गर्ने बताउनुभयो । छलफलमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढीकरण परीयोजना फेकोफन तेह्रथुमका कार्यक्रम अधिकृत रुद्रा वाँनियाले अनुगमन तथा छलफलको औचित्य र सेवा प्रवाहको अवस्थालाई निरन्तरता दिन गर्नुपर्ने पहलबारे प्रस्ट पार्नुभएको थियो । छलफल कार्यक्रममा मेन्छ्यायेम गाउपालिकाका श्वास्थ्य संयोजक किसोर कुमार शाह,मोराहाङ श्वास्थ्य चौकीका व्यावस्थापन समिती अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता प्रदिपकुमार बुढाथोकी,श्वास्थ्य कार्यलय तेह्रथुमका प्रमुख योगराज घिमिरे,मेन्छ्यायेम गाउपालिकाका उपाध्यक्ष गिता गौतम, जिल्ला समन्वय समिती प्रमुख ढुंगाना लगायतले महिलाको प्रजनन् अधिकारको बारे आआफ्नो धारणा राख्दै सुरक्षित गर्भपतन सम्बन्धी सेवालाई प्रभावकारी बनाउदै लैजानुपर्ने र असुरक्षित गर्भपतनलाई सुन्यमै कायम राखिरहन सबै एकजुट भएर लागीपर्नुपर्नेमा जोड दिएका छन् ।
मेन्छ्यायेम गाउपालिकालाई आईपासको सहजिकरणमा गत फागुन ४ गते शुन्य असुरक्षित गर्भपतन पालिका घोषणा गरिएको थियो । आइपास नेपालको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ तेह्रथुम (फेकोफन)को सहजिकरणमा मेन्छ्यायेम,फेदाप र आठराई गाउपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढीकरण परीयोजना कार्यक्रम संचालन भएको छ ।



















































