इलाम : इलाम जिल्ला सन्दकपुर गाउँपालिका वडा नं. ३ स्थीत श्री बालकल्याण आधारभुत विद्यालयमा बालदिवस मनाइएकाे छ ।
‘‘सुखि नेपाल समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार’’ भन्ने मुल नाराको साथ २९ औँ बालदिवसको अवसरमा आज विभिन्न खेलकुद, हाजिरिजवाफ, तथा तृत्य विद्या अन्र्तगत रहेर सन्दकपुर गाउँपालिका का विभिन्न बिद्यालयका छात्र छात्राहरुविच प्रतियोगिता गराई कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रमको अध्यक्षता श्री बालकल्याण आधारभुत विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्री नारायण प्रसाद खनाल ले गरेका थिए भने सन्दकपुर गाउँपालिका का गाउँपालिका अध्यक्ष श्री उदय राईले प्रमुख अतिथिको भुमिका निर्बाह गरेका थिए । कार्यक्रममा विभिन्न बिद्यामा विभिन्न बिद्यालयका शिक्षक तथा विद्यार्थि को सहभागिता भएको थियो । कार्यक्रममा पुरस्कृत हुने सबै शिक्षक विद्यार्थिलाई प्रमुख अतिथि श्री उदय बहादुर राईले पुरस्कार वितरण गरेका हुन ।



















































