
इलाम : इलाममा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म् १५ प्रतिशत मत खसेको छ । बिहान साडे ११ बजे सम्म १५ प्रतिशत मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेलेले जिल्लाभर सौहादपुर्ण रुपमा मतदान भइरहेको बताए ।
निर्वाचन आयोगले तोकेको समयअनुसार, जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको थियो । मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भैइरहेका छ्न् ।
इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थाल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छ्न ।




















































