कर्फ्यू तोडेर बानेश्वरमा प्रदर्शन सुरु

काठमाडौं : जेनजीको प्रदर्शनमा सोमबार १९ जना युवा मारिएपछि युवा विद्यार्थीले बिहानैदेखि काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन थालेका छन् । ‘विद्यार्थी मार्न पाइँदैन’ युवाहरू बानेश्वरमा भेला भएका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू लगाएको छ । कर्फ्यूका बीच युवा सडकमा उत्रिएका हुन् । यता, धनगढीमा पनि विद्यार्थीहरू सडकमा उत्रिएका छन् । हात हातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरूले प्रदर्शन थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार