अत्यधिक गर्मी बढेपछि माङसेबुङमा विद्यालयमा आज र भोलि सार्वजनिक विदा

  नयाँ बुलन्द
441 Shares

इलाम : अत्यधिक गर्मी बढेपछि इलामको माङसेबुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा दुई दिन सार्वजनिक विदा दिएको छ । आज (बिहीबार) देखि भोलि (शुक्रबार) सम्म माङसेबुङले गर्मी प्रभावित क्षेत्रका विद्यालयमा सार्वजनिक विदा दिएको हो ।

गर्मी बढेका कारण पठनपाठनलगायतका गतिविधिहरु गर्न कठिनाई भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्यनगर गरी आज र भोलि गाउँपालिकाभित्रका विद्यालय विदा दिने निर्णय गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

‘केही दिनदेखि गर्मी अत्यन्त बढेका कारणले विद्यालयमा पठनपाठनलगायतका गतिविधिहरु गर्न कठिनाई भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर गरी दुई दिन सावर्जनिक विदा दिईएको हो,’ सूचनामा उल्लेख छ ।

गाउँपालिकाको वडा नं. ४ र ५ का सबै, वडा नं. ३ को दुर्गा माध्यमिक विद्यालय एवम् दुर्गम, बालदिप र जनकल्याण आभारभूत विद्यालय, वडा नं. २ को इभाङ माध्यमिक विद्यालय र इभाङ आधारभूत विद्यालय, वडा नं. १ को गजुरमुखी, वरभञ्ज्याङ र जनता आभारभूत विद्यालयमा सार्वजनिक विदा दिएको छ । अन्य विद्यालयमा भने विदा दिएको छैन ।

बर्खे विदाबाट मिलान हुने गरी गाउँपालिकाभित्रका गर्मी प्रभावित सामुदायिक विद्यालयमा गर्मी विदा दिईएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।

माङसेबुङमा पछिल्ला दिनहमा तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्लो दुई दिन अधिक गर्मी महसुस भएको छ  । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार