इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन आगामी माघ २६ र २७ गते इलाम सदरमुकाममा हुने भएको छ ।
चुम्लुङ इलामको सोमबार बसेको बैठकले सो निर्णय गरेको चुम्लुङ सचिव राम योङहाङले जानकारी दिए । बैठकको निर्णय सार्वजनिक गर्न सचिव योङहाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा जिल्ला अधिवेशनअघि पुस २५ सम्म सदस्यता अध्याविक गरी माघ १५ सम्म गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उल्लेख छ ।
त्यस्तै, बैठकले रीक्त रहको कार्यसमिति सदस्य पदमा रुद्र थेवे, राम लिङदम, नविनसुन्दर शेर्मा, माया काङ्बा, फुलकुमारी शेर्मा, लिला केरुङ, हेमराज मोरोहाङ र विजय लिम्बूलाई पदपूर्ति गरेको छ ।
बैठक चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षता र लिम्बुवा प्रदेश समिति उपाध्यक्ष तीर्थ साउनदेनको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकमा पालिका समिति अध्यक्षहरुको समेत उपस्थिति थियो ।