कांग्रेस, एमाले, माओवादी र जसपाको एउटै स्वर- प्रदेश १ को नाम ‘लिम्बुवान किरात’

  नयाँ बुलन्द
16.8k Shares

बिराटनगर : सात प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाईसकेको छ । तर, प्रदेश १ को नामाकरण भने झनै जटिल अवस्थामा पुगेको छ ।

प्रदेश १ प्रदेशस भाले यसै अधिवेशनबाट नामाकरण गर्ने तयारी गरेको छ । साथै राजनीतिक दलहरुपनि घनिभूत छलफलमा जुटेका छन् । सबै राजनीतिक दल नामाकरणका लागि छलफलमा जुटेपनि सहज भने देखिन्न ।

प्रदेश १ को भूराजनीतिक अवस्थिति सोचे जस्तो सहज भने छैन । लामो समयदेखि पहिचानका पक्षधर राजनीतिक दल संघर्षमा छन् । लिम्बुवान आन्दोलनका क्रममा दुईजनाले सहादत्त प्राप्त गरेका थिए । त्यसैरी नै किरात पक्षधरको आन्दोलन जारी छ ।
यी शक्तिहरु पहिचानविहीन नाम कुनैपनि हालतमा स्वीकार्ने अवस्थामा छैनन् । यी शक्तिहरु निहुँ पर्खेर बसिरहेका छन् । कुनैपनि बेला अर्को विद्रोहको लागि तयार हुने विश्लेषण गरिन्छ ।

नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलहरु पहिचान सुन्नै चाहदैनन् । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमाले कोशी, सगरमाथा लगायत नामाकरणमा जोडबल गरिरहेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरु भने पहिचानकै आधारमा नामाकरण गर्ने  पक्षमा छन् ।

तर, कांग्रेस एमाले सम्वद्ध भातृ संगठनहरु भने प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने पक्षमा उभिएका छन् ।

यसैबीच लिम्बुवान किरात संयुक्त संघर्ष समितिका घटकहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश १ को नाम लिम्बुवान किरात नै हुनुपर्ने माग राखेका छन् ।

नेकपा एमाले सम्वद्ध लोकतान्त्रिक लिम्बु संघका अध्यक्ष त्रिवेणी चोङवाङले भने, ‘मेरो पार्टीले पहिचानमा आधारित नाम स्वीकार्न सक्दैन । तर, हामी पार्टीको त्यो धाराणप्रति सहमत छैनौं । प्रदेश १ को नाम पहिचानमा आधारित लिम्बुवान किरात हुनुपर्छ भन्नेमा एमालेका पहिचान पक्षधर एक छौं । हामी चाहान्छौं, पार्टीले हाम्रो भावनामा आघात पु-याउने काम नगरोस प्रदेश १ को नाम लिम्बुवान किरात नै हुनुपर्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङ्गदेनले पार्टी पहिचानको विपक्षमा उभिएको भन्दै विरोध जनाए । आजसम्म भएका राजनीतिक आन्दोलनहरुको मर्मविपरीत लोकतान्त्रिक शक्ति कांग्रेसले पहिचानविपरीत नामको पक्षपोषण गर्नु ठीक नभएको बताए । उनले भने, ‘लिम्बुवान किरात प्रदेश १ भूगोलको नाम हो । यसमा असहमति जनाउनुपर्ने कुनै कारण छैन । प्रदेश १ लाई कोशी, सगरमाथा जस्ता नामाकरण गर्ने चाहाना राख्ने शक्तिहरुले लिम्बुवान किरातका जनताको भावनामाथि आघात पुर्‍याउने कोशिस गरिरहेका छन् त्यो स्वीकार्य छैन ।’

जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताए । उनले भने, ‘

कांग्रेस एमालेले पहिचान विरोधी नाम राख्ने भए कांग्रेस एमाले प्रदेश राखोस, यसले हामीलाई थप आन्दोलनमा जान सहज हुन्छ । हामी निहुँ खोजीरहेका छौं कांग्रेस एमालेले बहुमतले पारित गरोस ।’

नेकपा माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश १ को नामाकरण निकै जटिल रहेको बताए । प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भएपनि समग्र लिम्बुवान किरातवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको बताए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश १ को नाम लिम्बुवान किरात बाहेक अरु हुनै नसक्ने भएकाले राजनीतिक दलहरुले गरिरहेको प्रयासप्रति रोस प्रकट गरे । उनले भने, राजनीतिक दलहरुले जे गर्न खोजीरहेका छन् यसले द्वन्द्व निम्त्याउछ । यसले विद्रोहको बाध्यात्मक अवस्थासम्म पुर्‍याउन सक्छ । त्यसैले दलहरु सचेत हुन आवश्यक छ ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, राज्यपक्षले आदिवासी जनजाति आन्दोलनसँग धेरैपटक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने सहमति गरेको छ । हामीसँग सहमति गर्ने दलहरु नै यतिखेर निर्णायक अवस्थामा छन् उनीहरुले सहमतिविपरीत पहिचानविहीन नामाकरणको तयारी गर्नु आदिवासी जनजाति आन्दोलनप्रति धोका हो । हामी स्वीकार्न सक्दैनौ । यसको सशक्त प्रतिरोध गर्छौ ।                 -दृष्ट्री न्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार