२७ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर अन्तरकृया कार्यक्रम सम्पन्न

इलाम :२७ औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर मंगलबार इलाममा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

इलाम सदरमुकाममा रहेको दृष्टिविहिन आवास गृहमा आयोजित अन्तरकृया दृष्टिविहिन बालबालीकाले समाजले आफुहरुलाई अपहेलना गर्ने गरेको दुखेसो गरे ।

विद्यालय जादा आउदा , वरपर हिडडुल गर्दा कतिपयले नराम्रो शब्द बोल्ने गरेको भन्दै आफुहरुलाइ हिनता बोध हुने गरेको बताएका छन ।

अरु सरह जीवन यापन गर्ने वातावरण तयार गर्न , अपाङ्गमैत्री भौतिक पुर्वाधार निमार्ण गर्नु पर्नेमा जोड दिएका छन ।

सरकारले दृष्टिविहिनहरुलाई सहज रुपमा अध्ययन गर्न विशेष व्यवस्था गर्नु पर्ने बताएका छन । दृष्टिविहिनलाई घर, परिवार , समाजले अरु सरहको व्यवहार गर्न आवश्यक रहेको बताएका छन । सहयात्रा नेपाल इलाम र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे ) इलामको संयुक्त आयोजनामा अन्तरकृया सम्पन्न भएको हो ।

डब्लुडब्लुजे सण्डे क्लब परियोजना अन्र्तगत विभिन्न विषयहरुमा अन्तरकृया कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा सविता पाण्डे , सानु दास , दिलु बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

अन्तकियामा दृष्टिविहिन आवास गृहमा बस्दै आएका नौ जना बालबालिकाको सहभागी भएका थिए । आवस गृहमा इलाम , झापा , ताप्लेजुङका नौ जना बालबालिका बस्दै आएका छन ।

सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले समाजले अझै पनि दृष्टिविहिन बालबालिकालाई अरु सरहको व्यवहार गर्न नसकेको बताइन । आफन्त घर परिवार , समाजले समान व्यवहार गर्न सके दृष्टिविहिन बालबालिकाले प्रगति गर्न सक्ने  र गाउँ गाँउमा रहेका दृष्टिविहिन बालबालिकालाई अध्ययन गर्न र सीप सिकाउन राज्यले विशेष योजना ल्याउनु पर्ने समेत बताईन ।

सहयात्रा नेपालले आवास गृहमा रहेका दृष्टिविहिन बालबालिकाको लागि खाजा र अध्ययन सामाग्रीको व्यवस्था गदै आएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार