इलाम : यतिबेला इलामका होटलहरु भरिभराउ भएका छन् । शिक्षकसेवा आयोगको परिक्षाका कारण यहाँका होटलहरु भरिभराउ भएका हुन् ।
परिक्षार्थी मात्र यति धेर छन् । इलाम पर्यटकिय जिल्ला हो । सदरमुकामभित्रका होटलहरु भरिएपछि बाहिरबाट आएका पर्यटकहरु समेत अटाउन नसकिने स्थिती आएको छ ।
यहाँ रहेका नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले हेल्प डेक्स नै राखेर सेवा प्रदान गरिरहेको छ । होटलहरु भरिएसँगै नजिकै रहेको बालनगाउँ होमस्टेमा पनि पर्यटक तथा परिक्षार्थीलाई पठाइरहेको छ ।
यहाँ बस्न र खानका लागि होटलहरु नपाइएको बाहिरबाट आएका परिक्षार्थीहरुको गुनाशो छ । अन्तरजिल्ला परिक्षा भएका कारण पनि समस्या भएको परिक्षार्थीको गुनाशो छ । इलाममा पाँचथर र ताप्लेजुङका परिक्षार्थी समावेश गरिएको छ ।
शिक्षक सेवा आयोगको परिक्षा लेख्न प्राविका लागि मात्र चार हजार ४१ जनाले फारम भरेको जिल्ला शिक्षा समन्वय इकाई इलामले जानकारी दिएको छ ।
त्यस्तै निमावि र मावि का लागि पनि विषयगत रुपमा करिव दुई हजार जनाले फारम भरेको वताइएको छ ।
इलाममा विगत वर्ष पनि यो भन्दा वढि परिक्षार्थी अटाइएकाले यस वर्ष समस्या नहुने होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले वताए ।
उनले सवैलाई समेटेर, अटाएर राख्ने वताए । सहज रुपमा कोठा पाउन मुस्किल भएको अनी सहज रुपमा बस्न नपाइएको पर्यटक तथा परिक्षार्थीहरुको गुनाशो छ ।
पर्यटकिय जिल्लामा नै यस्तो अवस्था सृजना हुनु दुखद हो । सवैलाई सजह रुपमा समेटेर राख्न जरुरी छ ।