चालकहरु नै बन्दमा उत्रिए

इलाम : चालकहरुको बन्दले इलाम लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् ।

भदौ १ गते देखि जारी भएको नयाँ ऐन कानुन अनुसार सवारी साधनको दुर्घटनामा ज्यान गएमा चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था गरेसँगै चालकहरु आक्रोशित भएका हुन ।

चालकले असोज १ गते सवारीको चावी आफ्नो सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी चालक अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्तागर्ने कार्यक्रम एक अपिल मार्फत सर्वजनिक गरेको छ ।

बन्दका कारण इलाम बाट छट्ने लामा तथा छोटो दुरिका सवारीसाधन छुट्न सकेका छैनन भने बजार र स्कुल भने सन्चालन मात्रै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार