
धरान : किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अध्यक्षमा ध्रुव मेन्याङ्बो निर्वाचित भएका छन् ।
सुनसरीको धरानमा बुधबार सम्पन्न चुम्लुङको लिम्बुवान प्रदेश समितिको ऐतिहासिक प्रथम अधिवेशनबाट मेन्याङबो सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा १७ सदस्यीय लिम्बुवान प्रदेश समिति समेत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा टंकमाया लिम्बू, मुख्यसचिवमा मधुराज केरुङ, सचिवमा इन्द्रमाया आङ्बुहाङ र कोषाध्यक्ष बिमला पालुङ्बा निर्वाचित भएका छन् ।
सदस्यहरुमा चन्द्रसिंह नेम्वाङ (धनकुटा), पुष्पा थाङ्देन (धनकुटा), इकसा साम्बाहाङ्फे (झापा), इक्साहाङ चेम्जोङ (झापा), सन्तोष सरु (मोरङ), मनोहर थलङ (संखुवासभा), लक्षमण लावती (पाँचथर), मञ्जु तुम्बापो (पाँचथर), मिजोत्लुङ लिम्बू (सुनसरी), तिर्थबहादुर साउरेन (इलाम), मोतिप्रसाद पालुङ्वा (ताप्लेजुङ) र धिरमाया इजम (ताप्लेजुङ) छन् ।
अधिवेशनले विभिन्न आठ बुँदे समसामयिक प्रस्ताव सेमत पारित गरेको छ ।
धरानस्थित चुम्लुङ भवनमा आयोजित अधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले गरेका थिए ।



















































