आगलागी नियन्त्रण गर्न राँके जाँदै गरेको दमकल बाटैमा बिग्रियो  

आगलागी नियन्त्रण बाहिर

बाटैमा बिग्रिएको इलाम नगरपालिकाको दमकल । तस्वीर : टीका खतिवडा

इलाम : इलाम र पाँचथरको सीमा राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको छ ।

इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको हो । इलामबाट गएको दमकल बाटोमा नै बिग्रिएपछि हालसम्मा नियन्त्रणका लागि कुनैपनि दमकल घटनास्थल पुगेका छैनन् । पाँचथरको फिदिमबाट समेत दमकल आउने भनिएपनि हालसम्म आइसकेको छैन ।

इलामको देउमाई नगरपालिका–१ तर्फको राँके बजारमा करिब १ घण्टादेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म २ घरमा आगोको मुस्लो दन्किएकोले निभाउन सिकने कुनै सम्भब नरहेको स्थानीय महेस बस्नेतले जानकारी दिए ।

आगो के कारणले लागेको खुल्न सकेको छैन । घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार