कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिति गठन गरेको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन्, यसमा सरकार गम्भिर छ’ प्रधानमन्त्री ओलीले भने ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कारबाही गर्न निर्देशन एका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पति तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्च्ााउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन’ उनले भने ।

नकेपाका अध्यक्ष समेत रहेका ओलीले घटनालाई राजन्ाीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार