माइजोगमाईको विकासका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था गरिएको छ : सांसद लिम्बू

  नरेन इलामेली
0 Shares

माइजोगमाई :  प्रदेश १ की सांसद खिनु लङ्वा लिम्बूले माइजोगमाई गाउँपालिकाको विकासका लागि  निती तथा कार्यक्रममा नै बजेट विनियोजन गरिसकेको बताएकी छन् । शनिबार  माइजोगमाई गाउँपालिकाको आयोजनामा “माइजोगमाई बहुसांस्कृतिक सांगितीक कार्यक्रम” मा प्रमुख अतिथिका रुपमा नयाँबजार आइपुगेकी सांसद लिम्बूले माइजोगमाई गाउँपालिकाको विकासका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरिएको बताइन् ।

भैतिक रुपमा बिकट रहेको माईजोगमाई गाउँपालिकाले स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधी पाएसँगै गाउँपालिकाले विकासको बाटो लिएको बताउँदै माईजोगमाई धेरै कुराको सम्भावना बोकेकोमा जोड दिँदै प्रदेश सरकारले यस गाउँपालिकाको पूर्वाधार विकासका लागि आफ्नो नीति तथा कार्यक्रममा नै प्रष्ट उल्लेख गरेर बजेट व्यवस्थापन गरेको बताईन् ।

प्रदेश सरकारले नयाँबजारमा आधुनिक सामुदायिक भवन (सीटीहल) निर्माण गर्ने पक्षमा रहेको र आर्थिक वर्ष २०७५/७६ को बजेटमा समेत समावेश गरिएको बताइन् । साथै बालागुरु खेल मैदानलाई स्तरोन्नती गरी आधुनिक र व्यवस्थित मैदान निर्माण गर्ने, फिक्कल गुप्ती नयाँबजार हुँदै दुधाङ सिङफ्रिङ्ग जोड्ने सडकलाई बहुबर्षे योजनाका रूपमा स्तरोन्नति गर्दै पक्की बाटोमा परिणत गर्ने, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि थुम्के डाँडामा सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन गर्न सकिने गरि भ्युटावर निर्माण गर्ने, नयाँबजार र प्रेमेजुङ्ग क्षेत्रमा वस्ती विस्तारसँगै देखिएको खानेपानीको समस्यालाई न्युनीकरण गर्न खानेपानी योजना संचालन गर्ने लगायतका कार्यक्रमका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताईन् ।

साथै यी सम्पूर्ण योजनाहरुलाई पुरा गरी सार्थक बनाउन सम्पुर्ण माईजोगमाईवासीको सक्रिय सहभागिता र प्रभावकारी अनुगमनमा तीब्रता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बरिष्ठ गीतकार तथा संगीतकार कोमल निरौला लोक गायक इन्द्र गुरुङ चर्चित गायिका सत्यकला राई चर्चित अभिनेत्री डोमा लमिनी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको शब्द तथा अशोक राईको संगीतमा रहेको ” माइजोगमाई हाम्रो गाउँ हाम्रो सान हो” बोलको माइजोगमाई गान समेत बिमोचन गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार