समाजवादी महिला फोरम नेपाल सुर्योदय अध्यक्षमा योल्मो

  नयाँ बुलन्द
0 Shares

इलाम : संघीय समाजवादी महिला फोरम नेपाल सुर्योदय नगर समितिको अध्यक्षमा पुन: दिनमाया लमु (योल्मो) निर्वाचित भएका छन् ।

शनिबार इलामको फिक्कलमा सम्पन्न नगर समितिको ऐतिहासिक प्रथम अधिबेशनले योल्मोको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्वचित गरेको हो ।

समितिका उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा सिल्पा मुखिया, सहसचिवमा मिना शिवा र कोषध्यक्षमा प्रेमिला तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा सीता राई, आर्जु राई, सिम्रन गुरुङ, सीता तामाङ, मनकुमारी राई, लिला आङ्गिम, शान्ता सुनुवार, प्रमिला राई (तामाङ) निर्वचित भएका छन् ।

संघीय समाजवादी महिला फोरम नेपालको लिम्बुवान प्रदेश सहसचिव रीपल खम्बुको प्रमुख आतिथ्यता र संघीय समाजवादी फोरम नेपाल प्रदेश १ सदस्य लिलाबहादुर सुनुवारको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल इलामका सहसचिव सुबास चौरासे (वाम्बुले) संघीय समाजवादी महिला फोरम इलाम अध्यक्ष बिनु (ख्यामकुमारी) राई, पार्टीका जिल्ला सदस्य प्रोमिना तामाङ,  क्षेत्रीय उपाध्यक्ष देवकुमार मोक्तान, क्षेत्रीय सहसचिव असोक गुरुङ, ८ नम्बर अध्यक्ष अम्बर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार