“चोर ट्याक्सी” नामक चलचित्रको प्रोमो सार्वजनिक

कतार : चोर ट्याक्सी नामक चलचित्रको प्रोमो युटुब मार्फत सार्वजनिक गरिएको छ ।

सेल्फी टेलिभिजनको प्रस्तुती रहेको तथा विदेशमा रहेर पनि नेपाली चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका निर्देशक श्री भविन्द्र तामाङको लेखन तथा निर्देशनमा तयार भएको छोटो चलचित्र चोर ट्याक्सी को प्रोमो आज अर्थात ११ सेप्टेम्बर २०१८ का दिन युटुब मार्फत सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा आफ्नो घरपरिवार, साथीभाई सबैलाई छोडेर सात समुद्रपारी आएर पनि कति मान्छेहरुले आफ्नो जिवन कसरी जिईरहेका छन् अनि कस्ता–कस्ता घटनाक्रमहरु भोगिरहेका छन् भन्ने यथार्थ घटनाहरुमा आधारित रहेर छोटो चलचित्र चोर ट्याक्सी को निर्माण भएको छ ।

सन्देशमुलक यस छोटो चलचित्रमा प्रकाश न्यौपाने, मुना गिरी, ज्ञानेन्द्र रसाइली, प्रदिप भुसाल, राजेन्द्रकुमार थापा, मिलन विश्वकर्मा, राजेन्द्र खड्का लगायतका कलाकारहरुको सुन्दर अभिनय हेर्न सकिन्छ ।

छोटो चलचित्र चोर ट्याक्सी को छायङ्कन पनि निर्देशक स्वयम्ले गरेको छन् भर्ने राजेन्द्रकुमार थापाले छायाङ्कनमा साथै प्रदिप भुसालले निर्देशनमा सहयोग गरेका हुन । प्रोमो सार्वजनिक भएको १५ दिनमा यो छोटो चलचित्र चोर ट्याक्सी सार्वजनिक गरिने पनि सेल्फी टेलिभिजन स्रोतले नयाँ बुलन्द लाइ जानकारी दिएकाे छ ।

भिडियाे :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार