५ दिनदेखि माइजोगमाई अन्धकार

लोकेन थेवे

माइजोगमाई : अविरल वर्षासँगै परेको चट्याङको कारण विद्युत आपुर्ती नहुँदा माईजोगमाई गाउँपालिका अन्धकारमय बनेको छ ।

माईजोगमाई गाउँपालिका १ नयाँबजारमा गत ४ साउनमा परेको चट्याङका कारण विद्युत आपूर्तीमा अवरुद्ध भएको हो ।  नयाँबजरदेखि माइजोजमाइको अन्य वडामा लगिएको पोलको कनेक्सनमा चट्याङ परेपछि पुरै गाउँपालिकामा विद्युत आपुर्ती बन्द भएको प्राविधिक ख्याम अधिकारीले बताए ।

अधिकारीले सबै वडामा जाने कनेक्सन भागमा चट्याङ परेकोले के मा खराबी आएको हो, अझ पत्ता नलागेको कारण विद्युत आपर्ती कहिले हुन्छ भन्ने टुङ्गो नलागेको बताए ।

विद्युत आपुर्ती नभएकै कारण माइजोगमाइ ६ मा रहेको प्राथमिक स्वाथ्य केन्द्रमा रगत परिक्षण हुन नसक्दा विभिन्न रोगका बिरामीहरु मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार