हासपोखरीमा खानेपानी योजना संचालन हुदै

गोबिन्द पौडेल

रोङ : रोङ ३ मा रहेको हासपोखरी र आसपासमा मोटारको प्रयोगगरेर खानेलानीको ब्यवस्था गरिन लागेको छ ।

रोङ गाउपालिकाको चालु बर्षको १३ लाख बजेटबाट करिव पाचसय मिटर तल रहेको चिन्डेपानी खोलाबाट मोटारको प्रयोग गरि माथि हासपोखरी सम्मा ल्याइने र त्यसको तीनसय मिटर माथी पाथीभरा मन्दिर नजिकै रिर्जव ट्याकीमा जम्मा गरेर मन्दिरका साथै कुटीडाडा र हासपोखरी आसपासका उपभोक्ताहरुलाइ बितरण गरिन लागेको वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।

क्रमागत योजना रहेको उत्तत खानेपानीयोजनाको लागि यसबर्ष रिजर्व ट्याकी बनाएर पाइप बिछ्उने र मोटारको खरिद समेत सकिदा अस्सी प्रतिसत काम सम्पन्न गरिने र बाकी काम आगामी बर्षमा पुरा गरिने भएको छ ।
इलामको धार्मिक स्थल पाथीभरामा हरेक दिन हजारौ भत्ततजनहरुको चहल पहल हुदा पर्यटन ब्यावसाय पनि फस्टाउदै गएको र सगै बजारीकरणको पनि बिकास हुन लागेकोले उक्त स्थानमा खानेपानीको अभाव हुन नदिन पनि योजनाको आवश्यक्ता भएकोले गाउपालिकाले सो योजनालाइ प्राथमिकता दिएर निमार्ण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार