मङगोल नेशनल अर्गनाइजेशनको पाँचौ महादिवेशन इलाममा सम्पन्न

इलाम : मङगोल नेशनल अर्गनाइजेशनको पाँचौ राष्ट्रिय महादिवेशन आज इलाममा सम्पन्न भएको छ ।

असार ७,८ र ९ गते भएको महाधिवेशनमा आज इलामको चोक बजारमा आम सभा गरि महादिवेबन सम्पन्न भएको छ ।
महादिवेशनमा आफ्नै पहिचान बोकेको मङगोलले हिन्दु धर्म नमान्ने र राष्ट्रिय जनावर गाइ हैन कस्तुरी राख्नुपर्ने, अङग्रेजि र हिन्दी पढाइ हुनुपर्ने जस्ता बिभिन्न नाराका साथ र्याली निकालि आफ्नो जातिय मयूर नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरेको थियो ।

मङगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय नेताहरु लगायत ५५ जिल्लाका मङगोल नेशनल अर्गनाइजेशनका जनताहरुको उपस्थितीमा महादिवेशन सम्पन्न भएको छ ।
देशमा मङगोल पछाडि परेको र अब नेपालमा मङगोलले राज गर्ने प्रतिबद्दता समेत कन्द्रीय नेताहरुले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार