माङसेबुङमा योजना तर्जुमा र बजेटिङ सम्बन्धी अभिमुखीकरण

नयाँ बुलन्द

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा योजना तर्जुमा र बजेटिङ सम्बन्धी दुई दिने अभिमुखीकण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा योजनाको अवधारणा, स्थानीय स्तरको योजना तर्जुमा, श्रोत अनुमान र बजेट सीमा निर्धारण, वस्ती स्तरमा योजना छनौट र वडा तहमा प्राथमिकीकरण लगायतको विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरुलाई राम योङहाङले सहजीकरण गरेका थिए ।

टोल तथा वस्ती स्तरको योजना तर्जुमा प्रक्रियामा सहजता ल्याउन कार्यक्रम आयोजना गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोले बताए ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा भएको समापन समारोहमा सहजकर्ता योङहाङ र सहभागीका तर्फबाट ३ नम्बर वडा अध्यक्ष मैतराज राईले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कर्मचारी रुपेश तिवारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार