• इभाङ्ग माविको अध्यक्षमा खड्का

    इभाङ्ग : इलामको इभाङ्ग माध्यमिक विद्यालयको अध्यक्षमा मित्रकुमार खड्का निर्वाचित भएका छन् । म‌ंगलबार बसेको निर्वाचित र मनोनित सदस्यहरुको बैठकले खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । समितिका सदस्यहरुमा हरिमाया अधिकारी, होमादेवी खुलाल, दुर्गा लिम्बू, सुमन खनाल, शुकरानी राई लिम्बू , युवराज बस्नेत छन् । सदस्य स...

  • नागरिक विचार गोष्ठी

    मोरङ : जिल्लाको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा नागरिक शिक्षाः वर्तमान राष्ट्रिय सन्दर्भ विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । आइतबार नेपाल फाउण्डेसन फर फड्भान्सड स्टडिज(नेफाज) काठमाण्डौको आयोजना तथा एफ इ एस नेपालको सहयोगमा क्याम्पसको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । नागरिकक शिक्षाको आवश्यकता र मह...

  • इलाम उच्च माविमा लिम्बु विद्यार्थी मञ्च

    स्पर्श अतित योङ्हाङ इलाम :  इलाम सदरमुकामस्थित इलाम उच्च माध्यमिक विद्यालयमा शुक्रराज माबोको अध्यक्षतामा ३१ सदस्यीय  लिम्बु विद्यार्थी मञ्च उच्च मावि इकाइ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा मनिता फागो र आदित्य योङहाङ चयन भएका छन् । सचिवमा शुसिला खजुम चयन भएका छन् भने सहसचिवहरुमा समीक्षा नेम्बाङ र अमरदीप ने...

  • आदर्शमा लिम्बु विद्यार्थी मञ्च

    स्पर्श अतित योङहाङ   इलाम : सदरमुकाम स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा लिम्बु विद्यार्थी मञ्च आदर्श उच्च मावि इकाइ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा रञ्जित माबो चयन भएका छन् । उपाध्यक्षहरुमा विरेन साउदेन, सुबास योङहाङ र स्मृति साउदेन चयन भएका छन् । सचिवमा समीर योङहाङ चयन भएका छन् भने सहसचिवहरुमा विशाल कुरु...

  • कक्षा १२ को परीक्षाफल सार्वजनिक

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नतिजा सोमवार प्रकाशन गरेको छ । नियमिततर्फ एक लाख ७५ हजार पाँच सय ५३ सहभागि भएकामा ८४ हजार पाँच सय ९३ अर्थात ४८ दशमलव १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । आंशिकतर्फ एक लाख २३ हजार एक सय ८१ परीक्षार्थि सहभागि...

  • दुई उच्च माविमा अनेरास्ववियुको कमिटी गठन

    इलाम : अनेरास्ववियुले विभिन्न शैक्षिक संस्थामा कमिटी गठन पुनः गठन तथा रचनात्मक गतिविधिलाई तीब्रता दिएको छ । देउमाइ नगरपालिकास्थित सुर्योदय शिक्षा सदन उच्च माध्यमिक विद्यालय र भानुभक्त उच्च मावि मंगलबारेमा अनेरास्ववियुको उच्च मावि प्ररम्भिक कमिटी पुनःगठन भएको छ । सुर्योदय शिक्षा सदनमा विष्णु ढकालको अध्यक्षतामा र सचिन रा...

  • गुरुकुल विद्याश्रम माविको भवन निर्माणमा भारतको चार करोड सहयोग

    इलाम :  इलामको बरबोटे– १ तोरीबारीस्थित सप्तमाई गुरुकुल विद्याश्रम माविको भवन निर्माणका लागि भारत सरकारले चार करोड रुपैंयाँ आर्थिक सहयोग गर्ने भएको छ । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रम निर्माणका लागि भारतीय दुतावासले आर्थिक सहयोग गर्ने विद्याश्रमका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिए । २४ कोठा रहने भवन...

  • शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालयको नाम सार्वजनिक, कुन कुन विद्यालय परे ?

    काठमाडौं : सरकारले  ३७ औँ राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालयको सूचीसार्वजनिक गरेको छ ।शिक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीअनुसार सामुदायिक विद्यालयतर्फ कास्कीको शितलादेवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र दुई लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । दिवस यही भ...

  • लिम्बू विद्यार्थीको अन्तराष्ट्रिय महासम्मेलन कार्तिक २, ३ र ४ मा हुँदै

    इलाम : लिम्बू विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महा–सम्मेलन झापाको दमकमा हुने भएको छ । लिम्बू विद्यार्थीहरुको साझा संस्था लिम्बू विद्यार्थी मञ्चको आयोजनामा आगामी  कार्तिक २, ३ र ४ गते दमक–१२ रेडक्रस सोसाइटीको सभा–भवनमा हुने भएको हो । ‘अस्तित्वको निम्ति एकता’ भन्ने मूल नाराका साथ हुन लागेको महासम्मेलनको आवश्यक तयारी त...

  • ईपीएस परीक्षामा ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण

    देवेन्द्र सम्बाहाम्फे सोल : रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत स...