• माध्यमिक शिक्षा परीक्षामा २०३ परीक्षार्थी परीक्षा लेख्‍नबाट वञ्चित

    ४५ सय ६४ परीक्षार्थी सामेल हुने सुजता सुनावार इलाम :  इलाममा माध्यमिक शिक्षा परीक्षामा यसपटक दुई सय तीन जना परिक्षार्थी परीक्षा लेख्‍नबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजश्व नबुझाएको र ७५ प्रतिशत हाजिर नपुगेका परिक्षार्थीहरुले परीक्षा लेखन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार यसवर्...

  • हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने छैटौ चरणको अभियान सुरु

    सुजता सुनुवार इलाम : इलामका दुई लाख ६६ हजार आठ सय लाई छैटौ| चरणको हात्तिपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । आगामी चैत्र ५ , ६ , ७ गते इलामका सम्पूर्ण ठाउँमा औषधी खुवाइने जिल्ला जनस्वास्थ्य कार्यलय इलामले हात्तीपाइले रोग निवारण कार्यक्रमको आम औषधी सेवन अभियान अन्तरगत पत्रकारहरुसँगको अन्तरक्रिया गोष्ठीमा आज जानकारी ...

  • वाल कल्याण समितिद्वमरा १०१ वालवालिकालाई सहयोग

    सुजता सुनुवार इलाम : जिल्ला वाल कल्याण समिति इलामले शसस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकालाई सहयोग गरेको छ । समितिले सञ्चलन गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनःएकीकरण परियोजनाबाट एक बर्षमा एक सय एक वालवालिकालाई सहयोग गरेको हो । २०७२ पुषदेखी सञ्चालित परियोजनाले समितीले २ बर्ष अघि गरेको सर्वेक्षण...

  • गुरुकुलको भवन निर्माण सुरु

    नयाँ बुलन्द इलाम  : भवनको अभावमा टहरामा कक्षा संचालन हु“दै बरबोटस्थित सप्तमाई गुरुकुल विद्याश्रममा भवन निर्माण सुरु भएको छ । भारतीय राजदुताबासको सहयोगमा चार तले भवनको निर्माण थालिएको हो । २४ कोठाको भवन निर्माण सकिएपछि विद्याश्रमका सवै कक्षा संचालन गर्न सहज हुनेछ । आवाशिय सुविधासहितको भवन तीन करोड ३८ लाख रुपैया“को लागतम...

  • इलाम नसर्ने रोगको उच्च जोखिममा

    नयाँ बुलन्द इलाम : नसर्ने रोगकाबारेमा इलामका ११ गाविमा समुदाय स्तरिय अन्र्तक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपालमा नसर्ने रोगीको संख्या धेरै भएको जिल्लाहरुमध्ये यो वर्ष इलाम र कैलालीमा यो कार्यक्रम लागु गरिएको हो । इलाम जिल्ला नसर्ने रोगको उच्च जोखिममा रहेको क्षेत्र मानिएको नसर्ने रोग पेन प्याकेज सम्बन्धि जिल्ला...

  • फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइयो

    इन्द्र बजगाँई ताप्लेजुङ :  सदाझै यस वर्ष पनि ताप्लेजुङमा आयोडिन महिना विविध चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आयोडिन युक्त नूनको प्रयोगलाई बढाउन तथा आयोडिनको महत्व सबैलाई बुझाउन आयोडिन महिना महिनौ सम्म मनाउँदै आइएको हो । जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ र सुआहारा दुई कार्यक्रमको समन्वयमा ताप्लेजुङका विभिन्न गाविस...

  • निर्वाचन सम्बन्धी प्रशिक्षण

    नयाँ बुलन्द इलाम : सामाजिक अध्ययन विषय शिक्षकहरुका लागि चार दिने निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम इलाममा सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम जिल्ला निर्वाचन कार्यालय इलामले आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका माध्यमिक विद्यालयहरुमा कार्यरत एक सय २० जना सामाजिक विष...

  • आगजनीपछि इलाम क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    इलाम : फागुन १८ हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन महेन्द्र रत्न बहुमुखी क्याम्पस ( मरव) इलाममा स्थगित भएको छ । क्याम्पस प्रशासनले शनिवार अपराहन्‍न सुचना टाँस गरि निर्वाचन स्थगन भएको जानकारी गराएको हो। यसअघि बिहीबार विद्यार्थी संगठनहरुबीच विवाद भएपछि क्याम्पसमा आगजनी भएको थियो। 'यस महेन्द्ररत्न...

  • वर्षो बित्यो आयोजना पूरा भएन

    नयाँ बुलन्द इलाम : नौ वर्षअघि ६० लाख रुपैयाँ लागतमा सुरु भएको खानेपानी योजना पूरा नभएपछि जिल्लाको पूर्वी भेग समालवुङका एक सय ७० घरधुरी समस्या भोग्दै आएका छन् । २०६४ सालमा सुरू भएको खानेपानी तथा सरसफाइ योजना अलपत्र भएपछि समालबुङको २, ३ र ४ नम्बर वडाका बासिन्दा खानेपानीको चरम समस्यामा परेका हुन्। करिब सात किलोमिटर टाढाक...

  • मरब क्याम्पसमा पाँच विद्यार्थी संगठन दर्ता

    नयाँ बुलन्द इलाम : त्रिभुवन विश्वविद्यालय आवद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया आइतबारबाट सुरु भएको छ । मतदाताको सूची देशैभर आइतबार प्रकाशन गर्ने कार्यतालिका भएको भए पनि इलाम क्याम्पसमा यो समाचार तयार पार्दा सम्ममा सूची प्रकाशन गर्न नसकिएको क्याम्पस प्रशासनले जानकारी...