युवा समाजसेबी शेर्पाले गरे पिपिइ बितरण

इलाम  : इलामका युवा समाजसेबी लाप्साङ शेर्पाले इलाम अस्पताल र प्याङ स्वास्थ चौकीका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ( पिपिइ ) उपलव्ध गराएका छन । कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्यकर्मी पिपिइको अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलव्ध गराएको समाजसेबी शेर्पाले जानकारी दिए ।

विश्व लाई नै चुनौती दिईरहेको भाईरस सँग जुदै मानव जातीलाई सुरक्षित गर्न जीवन दाउमा राखेर खटेका स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि सहयोग गरेको उनले बताएका छ्न । शेर्पाले करिब १८ हजार मुल्य बराबरको पिपिई इलाम अस्पातललाई १० थान र प्याङमा ५ थान स्वास्थ्यकर्मीलाई उपलब्ध गराएका हुन ।

शेर्पा स्वयम आँफै शारिरिक रुपमा असक्त रहेर पनि सदरमुकाममा ब्याबसाय सन्चालन गरेर त्यसबाट हुने आम्दानीको केही अम्स कटाएर दुखी गरीब असाहय तथा अपाङ्ग बालबालिका ,बृद्धाश्रम, मठ–मन्दिर, पर्यटन, विद्यालय, खेलकुदलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएका छन । शेर्पा ‘राष्ट्रिय नागरिक सेवा सम्मान’ बाट सम्मानित समेत भईसकेका छ्न ।  उनी जिल्लाको युवा समाजसेवीका रुपमा मात्र परिचित छैनन् उनि शेर्पा ट्रेड इलामका प्रोपाइटर समेत हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार