हिँड्दा हिँड्दै होमक्‍वारेन्टाइनमा !

  युद्धबहादुर बोहोरा
49 Shares

पाँचथर : कैयौं मानिसहरु विश्व महामारीका कारण हाल हरेक देशका नागरिक यात्राकै क्रममा जहाँ पुग्यो त्यहीँ थन्किनु परेको छ ।

यो सब कुरा मानिसको जीवन रक्षाको निम्ति त्यस देशका सरकारले महामारी नियन्त्रण गर्न लकडाउन गरिरहेका छन् । नेपालकै सन्दर्भमा कोहि मानिस भारत विभिन्न क्षेत्रमा तीर्थ यात्रा जाने सिलसिलामा त्यतै अलपत्र परेको कुरा जानकारी पाइएको छ ।

यस्तै, नेपालमा पनि आफ्नै काम विशेषमा ओहोर-दोहोर हुने क्रममा बाध्यताले झापाको बिर्तामाेडमा आफुहरु थन्किएको व्यथा सुनाउँछन् पाँचथर फाल्गुनन्द-३ घर भइ हाल काठमाडौं बस्दै आएका कवि धर्मेन्द्र नेम्बाङ ।

उनी भन्छन्, ‘पाँचथरबाट काठमाडौं हिंड्दै गर्दा विर्तामोड आइपुगेंको थिए । सरकारले काेराेना महामारी नियन्त्रण गर्न पहिलो किस्ताको देश लकडाउन शुरु गर्‍यो । एक साथीको घरमा बस्दै गर्दा आज लकडाउनको अन्तिम दिन सकियो ।अर्को आठ दिन थपिएको छ यो बाध्यता हो ।’ उनको साथमा उनी जस्तै यात्रामा आपत परेका केही साथीहरू छन् ।

काठमाण्डाैबाट आएका भेषराज चेम्जाेङ र झापाकै पश्चिमी क्षेत्रबाट आएका दुर्गा नेम्बाङ किराँत चाेकमा बस्दै आएका छन् । जहाँ माेहन नेम्बाङ ‘संचार’ उनीहरुको साथीको बासस्थान छ । ‘संचार’ उनकाे भूमिगत माओवादी जनयुद्धकालीन नाम हाे । अहिले एक थरि युवाहरुले उनको घरलाई आपतकालिन हाेमक्वारेन्टाइन भन्दै आएका छन् ।

संचार एक युवाप्रेमि भएकै कारण युवाहरु उनी भएकोमा जम्मा हुने गर्दछ्न् । त्यसैले पनि हाेला झापा नेकपाले उनलाई जिल्ला सदस्य एवं खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

टाढाबाट भेटघाटमा आएकाहरु त्यहीँ थुनिए । त्यतै आएकाहरु थुनिएर संचार कहाँ नै आइपुगे । आफसेआफ क्वारेन्टाइनमा परिणत भयाे उनकाे डेरा ।

साे घरलाई क्वारेन्टाइन भन्नेहरु दिउँसाे थपिन्छन् मगेन चाम्लिङ, पुराना राजनीतिज्ञ टेक लिम्बू, साेधुङगेन लिम्बू, मिशेक थाम्सुहाङ, रुपन फागाे, हिमाल नेम्बाङ, राज सुहाङ, अशाेक खुदाङ, ज्ञानेन्द्र इङनामलगायत अनि साँझमा आइसाेलेशनमा लागेकाे भन्दै आआफ्नो ठाउँमा जान्छन् । बाँकी त्यहि डेराडण्डा जमाएर सुरक्षित दिन कटाई रहेका छन् ।

त्यसो त ‘संचार’ ले उनीहरुलाई सञ्चार सुविधा तथा खानबस्ने लाई सके सम्म सत्कार गरेको बताउँछन् कवि धर्मेन्द्र। साथीभाइ आपतमा चाहिने रहेछ,चाहे हामी एक अर्कामा राजनीति धार अलग्गै किन नहोस् तर मानवताको नाता भन्दा ठुलो संसारमा केहि नभएको अनुभुती भएको उनको भनाइ छ ।

हुनत क्वारेन्टाइनमा आवत जावत गर्नेहरु सधैका बिर्तामोड बासिहरु साँझबिहान भेटघाट भइरहने युवा जमातहरु हुन । उनीहरु बीच राजनीति,समाज,संस्कृति बिषयक छलफलहरु चलिरहन्छ। उग्र बिचारलाई मध्यस्थता गरिरहन्छन् संचार।त्यसैले यस समुहकाे स्थायी संयाेजक संचार नै हुन् ।

यसैबीच, उनीहरु कहिले दृष्टिकाेण,धारणा,संस्कृति माथि छलफल गर्छन् त कहिले जे.कृष्णामुर्तिकाे दफर्स्ट एण्ड लास्ट फ्रिडम नामक पुस्तककाे च्याप्टरहरुमा विमर्श गर्छन् ।

यसले गर्दा याे क्वारेन्टाइन बाैद्धिक विमर्श गर्ने थलाे पनि भएकाे छ ।

त्यस्तै, उनीहरु विल गेट्सको कोरोना सम्बन्धि वर्णन, विभिन्न बैज्ञानिकको कोरोना सम्बन्धि खोजमुलुक तथ्य र विश्व इतिहासमा भएका महामारी र त्यसको प्रभाव जस्ता लेख र अध्यनबाट अहिले मानिसले भोगिरहेको त्रास न्यूनीकरण हुनेमा आशावादी रहेको बताउँछन् ।

काेराेनाकाे महामारीकाे समयलाई तेस्राे विश्व युद्धकाे उपमा दिंदै भन्छन् क्षति र प्रभावकाे दृष्टिकाेणले दाेस्राे विश्वयुद्द पछिकाे विश्वव्यापी प्रभाव भएको उनिहरुले दिन गुजार्ने बहस रहेको छ ।

उनीहरु मन्थन गर्दै भन्छन्, अहिले विश्व मानव जगत र काेराेना एकै साथ आमने सामने भएका छन्।यसले बिस्वलाई ठप्प पारेर मान्छेलाई घरघर थुनेकाे छ। यसबेला निरासा हैन आशा जगाउने बेला हाे ।

कवि धर्मेन्द्रले साथीहरुकाे सावधानिलाई इंकित गर्दै फेसबुक स्टाटसमा लेख्छन्, हाम्राे क्वारेन्टाइन निवासी साथीहरु कृपया लापर्वाहि नगरिदिनु हाेला बिपत्ति धेरै नजिक आइसक्याे । ब्ल्याक हाेल जस्ताे काेभिड-१९ सुरिएर मानव जातिलाई निल्दै आउन कोसिशमा छ आफ्नो सुरक्षा गरि अरुलाइ पनि जोगाउँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार