
इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा कोरोना भाइरस (कोभिड १९) को सम्बन्धमा सचेतना कार्यक्रम, मास्क वितरण तथा सचेतनामूलक पोष्टर वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष ढिकेन्द्र इदिङ्गो र वडा अध्यक्ष पुष्पराज कार्कीलगायतको टोलिले वडा नम्बर २ को विभिन्न गाउँ, टोल तथा वस्तीहरुमा कोभिड १९ सम्बन्धी सचेतना दिदैं मास्क वितरण गरेका छन् ।
टोलिले करिब ५ सय थान मास्क र ५ सय थान सचेतनामूलक पोष्टर वितरण गरेको स्थानीय बालकृष्ण बस्नेतले जानकारी दिएका छन् ।



















































