धनगढीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितकाे संख्या ४ पुग्याे

काठमाडाैं : कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जानकारी दिएकाे हाे ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य रहेकाे  मन्त्रालयले जनाएकाे छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनी दुबइबाट आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार