देउमाई नगरपालिकामा कोरोना भाइरस नियन्त्रण गर्न आपतकालीन समिति

इलाम : इलामको देउमाई नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण नगर स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति गठन भएको छ ।

शुक्रबार देउमाई नगरप्रमुख सुर्यप्रसाद पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा गजेन्द्रराज एक्तेन (निमित्त प्रमुख प्रसासकीय अधिकृत), राजेन्द्र बास्तोला (वडा अध्यक्ष वडा नम्बर ४), दावा तामाङ (वडा अध्यक्ष वडा नम्बर ३), राजकिसोर शाह (प्रहरी निरीक्षक), डा. मंगलबहादुर हेल्मु (मेडिकल अधिकृत), ई. प्रतिक दवाडी (ईन्जिनियर), गोविन्दराज बाँस्तोला (सुचना प्रविधि अधिकृत), लेखनाथ तामाङ (स्वास्थ्य संयोजक), तारा थापा (उद्योग वाणिज्य संघ अध्यक्ष) र मात्रिका घिमिरे (व्यवसायी) रहेका छन् ।

नवगठित नगस्तरीय  कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समितिले विभिन्न निर्णय गरेको छ ।

समितिले लकडाउनको अनिवार्य कार्यान्वयन गराउने र आवस्यक परेमा इलाका प्रहरी कार्यालयको सहयोगमा बल प्रयोग गर्ने, फ्रन्टलाइमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीलाई सुरक्षाका सामाग्रि व्यवस्थापन अन्तर्गत केहि थान पीपीइ र एक थान थर्मल गन व्यवस्थापन गर्ने, घरेलु उद्योग तथा व्यवसायहरुमा भिडभाड हुने अवस्थाको पुर्ण नियन्त्रण गर्ने र राहत तथा सहयोगको आवश्यकता भएमा नगरस्तरीय विपत व्यवस्थापन समितिको संयोजकत्वमा एकद्वार प्रणालिबाट संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै लकडाउनको पालना नगरपालिकाको सहरि क्षेत्रमा भएतापनि ग्रामिण क्षेत्रमा अत्यावश्यक काम विना नै आफ्नो घर बाहिर निस्किएर भिडभाड गरेको पाइएकोले सो नियन्त्रण गर्न प्रहरी परिचालित भएकोले घरबाहिर निस्कने कार्य नगर्न अनुरोध गरेको छ ।

कालोबजारी नियन्त्रण तथा मुल्य समायोजनको लागि स्थानिय व्यवसायीलाई आधिकारिक मुल्यसुचि निर्धारण गर्न र सो को जानकारी गराउन अनुरोध छ ।

देउमाई नगरपालिका क्षेत्रभित्र हालसालै बाहिरि मुलुकबाट आएका व्यक्तिहरुको संख्या संकलन गरि जिल्ला प्रशासन कार्यालय इलाममा विवरण पठाएको छ ।

​बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको विवरण :

वडा नम्बर १ मा ३ जना

​वडा नम्बर २ मा ३ जना

​वडा नम्बर ३ मा १ जना

वडा नम्बर ४ मा ४ जना

​वडा नम्बर ५ मा १ जना

​वडा नम्बर ६ मा १ जना

​वडा नम्बर ७ मा ४ जना

​वडा नम्बर ८ मा ५ जना

​वडा नम्बर ९ मा ३ जना

​जम्मा २५ जना

उनीहरु सबैको हालसम्मको स्वास्थ्य अवस्था सामान्य रहेको र व्यक्तिगत क्वारेन्टाइनमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार