प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘कोरोनाभाइरस’ (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिएको स्थितिमा प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

कोरोनाभारसको संक्रमणबाट जोगिन नेपालमा पनि विशेष सतर्कता अपनाउन थालिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसअघि नै शैक्षिक संस्था बन्द गर्ने, २५ जनाभन्दा बढी संख्यामा भेला हुन नहुनेलगायतका निर्णय गरिसकेको छ ।

Surya Thapa@ThapajiSurya

सम्माननीय प्रधानमन्त्रीज्यूले आज साँझ ६:०० बजे बालुवाटारबाट राष्ट्रकाे नाममा संबाेधन गर्नुहुने भएकाे छ ।
उहाँकाे संबाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार