इलाममा युवतीको शब फेला

  नयाँ बुलन्द
28 Shares

इलाम : इलाममा आज एक युवतीको हत्त्या गरेर माटोमा गाडेको अवस्थामा शब फेला परेको छ । इलाम सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) मा शब फेला परेको हो ।

स्थानिय १७ वर्षिय आकृति राईको शब भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रमुख रमेश राईले दिनुभयो । सोहि स्थानमा रहेको ज्योती माबि कक्षा ११ मा अध्यनरत युवती हिजो बिहान घरबाट परिक्षा लेख्न भनी हिँडेको बताइएको छ । युवती परिक्षा लेख्न बिद्यालय नै नपुगेपछि परिवार, आफन्त र गाउँलेले हिजो देखी नै खोजी गरेका थिए ।

आज दिउशो अम्लीसो बारीमा शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ऐले प्रहरीले घटनाको मुचुल्का उठाएर शब निकालेको छ ।

शब फेला पारेपछि घटनाका बिषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ । युवतीको टाउको तथा शरिरमा चोट लागेको अवस्थामा फेला पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार