खानेपानी समितिका अध्यक्षमा तिलकबहादुर कार्की

  नयाँ बुलन्द
0 Shares

इभाङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङस्थित युनिसेफ खानेपानी मर्मत सुधार योजना उपभोक्ता समितिका अध्यक्षमा तिलकबहादुर कार्की चयन भएका छन् ।

साविक इभाङ १, २ र ३ मा संचालन हुन लागेको योजनाका लागि कार्कीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन भएको हो ।

समितिका उपाध्यक्षमा कृष्णबहादुर बस्नेत, सचिवमा मनकुमार सम्बाहाम्फे, कोषाध्यक्षमा मुना निरौला चयन भएका हुन् ।

सदस्यहरुमा सरीता खत्री, रमिला कार्की, खगेन्द्र न्यौपाने, कृष्ण नेम्बाङ र पूर्ण कार्की चयन भएका छन् ।

सो योजना मर्मत सम्भारका लागि १४ लाख ५५ हजार रुपैयाँ विनियोजन भएको छ । सो योजनाबाट १ सय घुरधुरीका करिब ७ सय जनसंख्या लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार