बन्द भयाे इलामको पशुपतिनगर नाका

  नयाँ बुलन्द
0 Shares

इलाम : नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पुर्बी नेपालको इलाम स्थित पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान बाट नाका बन्द गरेको हो ।

नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगर स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । अनिश्चितकालका लागि नाका बन्द गरेको सीमामा रहेको भारतीय प्रहरीले पशुपतीनगरमा रहेको नेपाल प्रहरिलाई जानकारी दिईएको बताईेएको छ ।

अहिले नाकाबाट गाडी चल्न बन्द छ भने टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ। कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिरहेका छन् ।

हेल्प डेस्कका लागि यहाँ ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अहिलेसम्म हेल्प डेक्स बाट साढे ६ हजार हाराहारीको तापक्रम जाँच गरेपनी कोही पनि शंकास्पद नभेटिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार